रौतहटमा स्थानीयले मतपेटी लुटे

वैशाख ३०, २०७९

रौतहटको यमुनामाई गाउँपालिका २ भेडीयाही गाउँको मतदान केन्द्रको आज अपरान्ह मतपेटीका स्थानीयले लुटेका छन् । स्थानीयले मतपेटीका काँधमा राखेर भागे पनि सुरक्षाकर्मिले रोक्न सकेन । निकै फितलो सुरक्षाब् यवस्थाका कारण सुरक्षाकर्मि बिचबाट मतपेटीका लुटीएको छ । घट्ना पछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी बिनोद घिमिरेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदानकेन्द्रमा ३० प्रतिसतमात्र मतदान भएको थियो । त्यहीबीच विवाद सुरु भएको र बलप्रयोग गर्न लाग्दा केही हुलहुज्जत गरि मतपेटीका लगेको हाम्रा सहकर्मीले जनाएका छन् । बिहान उत्साहपुर्वाक त्यस मतदानकेन्द्रमा मतदाताहरु लाईन बसेर मतदान गरेका थिए । दिउँसो समान्य बिबाद भएपछि सुरक्षाघेराबाट मतपेटीका लुटिएको हो । प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले रौतहटमा मतपेटीका लुटीएको घट्नाले आफु दृुखी भएको बताउनुभयो । 

जिल्लाको गढीमाई, फतुवाबिजयपुर, मौलापुर, परोहा, बृन्दावन, गुजरा नगरपालीकाहरुमा दिनभर तनावपूर्ण अवस्था बन्यो । यी मतदानकेन्द्रमा सुरक्षा ब्यवस्था निकै फितलो रहेको दलहरुको आरोप छ । सुरक्षाकर्मीले कुनै पनि झडप रोक्न नसकेको स्थानीयको आरोप छ । गुजरा नगरपालीकामा भएको झडपमा प्रहरी मुग्दर्शक बनेको स्थानिय शेख अनवारुलले बताउनुभयो । बौधिमाई नपाको २ ईनरवा टोलमा जसपा र एमाले बिच झडप पछि मतपेटीमा आगो लगाइएको छ । गरुडा नगरपालीकाको देबाही बुथमा स्थानीय बीच झडप हुंदा सुरक्षाकर्मीले बेवास्ता गरेको स्थानिय रवि जैसवालले बताउनुभयो । 


प्रतिक्रिया