ताप्लेजुङको खेवाङमा पहिरोले सासु वुहारीको मृत्यु

असार ३, २०७९

ताप्लेजुङको सिरिजंगा गाउँपालिका ६ खेवाङमा पहिरोले पुरिएर सासु वुहारीको मृत्यु भएको छ । पहिरोले पुरिएर स्थानीय सासु तुलसा अधिकारी र वुहारी यशोधा अधिकारीको मृत्यु भएको हो । छोरा विष्णु अधिकारी गम्भिर घाइते छन । प्रहरी नायव उपरिक्षक कैलाश कार्किका अनुसार प्रहरीको टोलि खेवाङ प्रहरी चौकीवाट घटनास्थलमा गइरहेको छ । पहिरोमा पनि घरमा रहेका केही चौपाय समेत मरेका छन् । फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको सिवाका ६० जनाले रातभरी सिंवा माध्यमिक बिद्यालयमा शरण लिइरहेको प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो । तमोर नदीमा पानीको सतह वढेपछि सिंवा वजार जोखिममा परेको छ । 


प्रतिक्रिया