राउटे युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई ७ वर्ष कैद

असार २४, २०७९
राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने दुईजनालाई सुर्खेत जिल्ला अदालतले ७ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
उनीहरुले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलले यौनदुव्र्यहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको बताउनुभयो । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा गत जेठ २१ गते राउटे युवतीमाथि यौन हिंसा भएको थियो । मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको थियो ।