थपिए ९ सय ३४ कोरोना संक्रमित

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९ | काठमाडौं


नेपालमा पछिल्लो पटक थप ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ नमुना परिक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसंगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८६ पुगेको छ । मन्त्रालयको पछिल्लो विवरण अनुसार ४ सय ७० जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

 मन्त्रालयका अनुसार पछिल्लो पटक काठमाडौं जिल्लामा मात्र २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । त्यस्तै, भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९७ र ललितपुरमा ७ सय ९२ पुगेको छ । मन्त्रालयको तथ्यांकअनुसार ७४ जिल्लामा सक्रिय संक्रमित रहेका छन् । मुस्ताङ, कालीकोट र हुम्लामा सक्रिय संक्रमित छैनन् ।


प्रतिक्रिया