पल शाह मुद्दाको पेसी दोस्रो पटक स्थगित

आश्विन २, २०७९ | तनहुँ

नाबालिगलाई जबरजस्तिकरणीको अभियोगमा थुनामा परेका पल शाहको पेसी स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा आजका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो । 

गत भदौ १५ गतेका लागि ताकिएको पेशी पनि स्थगित भएको थियो । गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आजका लागि पेसी दिइएको थियो । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत्र १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।


प्रतिक्रिया