अहिलेको संविधान आधा गिलास खालीः डा. बाबुराम भट्टराई

पुस ५, २०८१

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गर्न नसकेको बताउनु भएको छ । सिरहामा आज सुरु भएको चारदिने ३५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगममा सम्बोधन गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप अधिकार र न्यायका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो । 

संविधानलाई पूर्ण बनाउन संघर्ष जरुरी रहेको उहाँको भनाई छ । मैथिली भाषा नेपालमा बोलिने भाषामाध्ये दोस्रो स्थानमा भएपनि इतिहासका हिसाबले पहिलो भाषा भएको भट्टराईको भनाई छ ।

भट्टराईले मधेश भौगोलिक हिसाबले समृद्ध भएपनि आर्थिक र सामाजिक सूचकांकमा पछाडी रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 


प्रतिक्रिया