पदीय अनुकूलको आचरण पालना नगरेको देखिए कानून अनुसार कारवाही
पुस ४, २०८१
संघीय संसद सचिवालयले कर्मचारीले पदीय अनुकूलको आचरण पालना नगरेको देखिए कानून अनुसार कारवाही गरीने बताएको छ । संसद सचिवालयले सुचना जारी गर्दै पद अनुकूल मर्यादामा रहनु र आधारणको पालना गर्नु प्रत्येक कर्मचारीको कर्तव्य र दायित्व भएको स्मरण गराएको छ ।
सचिवालयका अनुसार केही कर्मचारीहरु जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने जस्ता प्रवृत्ति देखिएको छ । त्यस्तै, अनुशासन र आज्ञापालन नगर्ने, कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा वा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाललगायतका अनौपचारिक फोरममा कर्मचारीले अनावश्यक टिकाटिप्पणी र अमर्यादितरुपले प्रस्तुत हुने गरेको पाइएको सचिवालयको भनाइ छ ।