रौतहट ४ मा कांग्रेसका तिमल्सिना निर्वाचित
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2022/politics/DevPrasadtimilsina-1669280218.jpg&w=700&height=600)
मंसिर ८, २०७९ | रौतहट
रौतहटको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना निर्वाचित हुनु भएको छ । नेकपा एमालेका उद्धब रेग्मीलाई ७ हजार ६ सय २ मतान्तरले पराजित गर्दै कांग्रेसका तिमल्सिना विजयी हुनु भएको हो ।
निर्वाचन कार्यालयका अधिकृत गुणराज पराजुलीका अनुसार कांग्रेसका तिमल्सिना ३४ हजार १ सय ६१ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गर्नुभयो ।
तिमल्सिना २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । सो क्षेत्रमा २०४८ यताको निर्वाचनमा एक पटक जिते पछि कुनै पनि पार्टीका उम्मेदवारले दोहोरिएका छैनन् । तिमल्सिना लगातार दोश्रो पटक सो क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।