इन्डोनेसियासंग खुला आकाश नीति अबलम्बन गर्ने नेपालको तयारी

मंसिर २१, २०७९ | काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले इन्डोनेसियासंग खुला आकाश नीति अबलम्बनको गृहकार्य सुरु गरेको छ । अष्ट्रेलिया र नेपाल बिचको हावाई यात्रा सहज बनाउने उद्देश्यले इन्डोनेसियासँग सो नीति अबलम्बन गर्न लागिएको मन्त्रालयका एटीसी अफिसर मुकेश डंगोलले बताउनुभयो ।

 दुईतर्फी उडानमार्फत पर्यटन प्रवद्र्वनमा समेत फाइदा पुग्ने भएकाले सम्झौता फाइदाजनक हुने डंगोलको भनाइ छ । अहिले नेपालले इन्टरमिडिएट पोइन्ट मार्फत उडानमा स्वीकृति दिँदै आएको छ । इन्डोनेसियासँगै नेपालले अमेरिका, रुवान्डा र स्विट्जरल्याण्डसँग समेत खुला आकाश नीति अपनाउने गृहकार्य समेत सुरु गरेको हो ।

 दुईपक्षीय हवाई सम्झौतामार्फत उडान पहुँच विस्तारका साथै मुलुकको आर्थिक क्षमता विस्तारमा पनि फाइदा पुग्ने अनुमान छ । भैरहवाको नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप सक्रिय बनाउन मन्त्रालयले कुवेत र संयुक्त अरब इमिरेट्ससँग समेत खुला आकाश नीति अबलम्बन गर्ने प्रक्रिया छिट्टै अगाडि बढाउने मन्त्रालयले जनाएको छ 


प्रतिक्रिया