वीरगन्जबाट ठूलो परिमाणमा भन्सार छलीका चामल बरामद

पुस १, २०७९ | पर्सा

नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका ११ रानिघाटस्थित विभिन्न गोदामबाट ठूलो परिमाणमा चामल तथा अन्य दैनिक उपभोग्य बस्तु बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता तथा सशस्त्र प्रहरी बल नेपाल हेक्वा नं १३ गण वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं ११ रानीघाटमा भन्सार छली चोरी पैठार गरी राखेको सूचनाको आधारमा कारवाही गरिएको हो ।

 श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहको गोदाममा खानतलासी गर्दा २ सय ८१ क्वीन्टल चामल, १० क्विन्टल मैदा, २ कार्टुन सर्जिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवाश र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैया बराबरको चामल तथा अन्य सामग्रीहरू बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले बताउनुभयो । 


प्रतिक्रिया