मनकामना केवलकार एक हप्ता बन्द

पुस ११, २०७९ | गोरखा
विद्युत आपूर्तिको अनियमितताका कारण प्यानलमा क्षति पुगेपछि गोरखाको मनकामना मन्दिर पुग्ने केवलकार सेवा बन्द भएको छ ।
आइतबार साँझ विद्युत आपूर्तिको अनियमितताले प्यानलमा क्षति पुगेको मनकामना दर्शन प्रालिका स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिनुभयो ।
प्यानल मर्मतका लागि निर्माण कम्पनी अष्ट्रियाको डोपलमेयरको प्राविधिक झिकाएको कम्पनीले जनाएको छ । अष्ट्रियाबाट प्राविधिक आएर मर्मत सम्पन्न गर्न कम्तिमा एक साता लाग्ने अनुमान गरिएको छ ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि केवलकारको सेवा स्थगत भएको पनि प्रालीलले जनाएको छ ।