५२ लाख रुपैयाँ सहित सप्तरीमा दुई जना हुण्डी कारोवारी पक्राउ

पुस २४, २०७९ | सप्तरी

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले सप्तरीवाट हुण्डी कारोवारमा संलग्न भएको आरोपमा दुई जनालार्ई नियन्त्रणमा लिएको छ ।

बोदेबरसाइन नगरपालिकामा शिवम् इन्टरप्राइजेज संचालन गर्दै आएका रामबिलास साह र जल्पा भगवती खरिदबिक्री केन्द्र्का संचालक मायानन्द झा पक्राउ परेका हुन् ।

पछिल्लो केही वर्षदेखी उनीहरु हुण्डी कारोवार गर्दे आएको सूचनाका आधारमा सिआईबीको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

साहको साथबाट ४३ लाख ८९ हजार ५ सय रुपैयाँ र झाको साथवाट ९ लाख रुपैयाँ बरामद गरिएको सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले जनकारी दिनुभयो ।  


प्रतिक्रिया