सुदूरपश्चिम र एपीएफको पीएम कप क्रिकेटमा विजयी सुरुवात

माघ १, २०८१ | काठमाडौं

विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले आजबाट सुरु प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

धनगढीको फाप्ला क्रिक्रेट मैदानमा आज भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो । 

१ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

यसअघि आजै भएको उद्धघाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । 

 गण्डकीले दिएको ५६ रनको झिनो लक्ष्य सुदूरपश्चिमले तीन विकेट गुमाउँदै ९ ओभर ५ बलमै पुरा गर्यो ।

टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन मात्र बनाएको थियो ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम रहेका छन् । समूह ‘बी’ मा कोशी, बागमती, मधेस, र आर्मी रहेका छन् ।

सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन् । फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया