गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

पुस २५, २०७९ | कास्की

नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीले ३३ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

अधिकारीले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्जुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङको निवासमा प्रदेश प्रमुख गुरूङले शपथ खुवाउनुभएको हो । अधिकारीले एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन पाउनुभएको हो । यस्तै, मन्त्री पदमा ३ जना नियुक्त भएमा छन् । 

एमालेका सीता सुन्दास र माओवादीका हरिबहादुर चुमान, राप्रपाका पञ्चराम गुरूङले मुख्यमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिएका छन् ।


प्रतिक्रिया