ठेकेदार भागेपछि सप्तरीमा १६ जना मजदुर अलपत्र

पुस ३०, २०७९ | राजविराज

सडक डिभिजन कार्यालय लहान सिरहा अन्तर्गत सप्तरीको राजविराज–भारदह सडक खण्ड निर्माण गरिरहेको ठेकेदार भागेपछि सडक निर्माणमा खटिएका १६ जना मजदुर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको तोपामा अलपत्र परेका छन् ।

ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरूले प्रदर्शन गरेका हुन् । साह निर्माण सेवाले निर्माण गरिरहेको सो सडकमा खटिएका दाङ र सल्यानका १६ मजदुर अलपत्र परेका हुन् ।


भोकभोकै बस्ने स्थिति आएपछि मजदुरहरुले आज बिहानैदेखि प्रदर्शन गर्दै राजविराज–हनुमाननगर सडक अवरुद्ध बनाएका थिए ।

ती मजदुरहरुसागै तोपाबजारका स्थानीय ब्यापारीहरुको समेत ठेकेदारका प्रतिनिधिहरुले रकम राखेको र सम्पर्कबिहीन रहेको भन्दै मजदुरसागै स्थानीयहरु पनि प्रदर्शनमा उत्रिएका छन् । गत कात्तिक ८ गतेदेखि ती मजदुरहरु सो सडकमा काम गर्दै आएका थिए ।


प्रतिक्रिया