भ्रष्टाचार न्युनिकरणका लागि तत्काल ठोस कदम चाल्छु : मुख्यमन्त्री यादव

माघ ४, २०७९ | धनुषा

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशमा भ्रष्टाचार न्युनिकरणका लागि तत्काल ठोस कदम चल्ने बताउनु भएको छ । बुधबार प्रदेश सभाको बुधबारको बैठकमा विश्वको मत माग्दै मुख्यमन्त्री यादवले भ्रष्टाचार न्युनिकरणका लागि तत्काल ठोस कदम चल्ने बताउनु बताउनु भएको हो । 

प्रदेशमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रदेश सभा निर्वाचन क्षेत्रमा बिचौलीबाट हुने विकास निर्माणको काम रोकेर सांसदकै निगरानीमा योजना अगाडि बढाइने यादवको भनाई छ । 

प्रदेशको विकासमा सबै दलको साझा धारणा बनाएर काम गर्ने भन्दै उहाँले विश्वासको मत दिन सांसदहरुसँग आग्रह गर्नुभयो । प्रदेश सभामा मुख्यमन्त्री यादवले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल सुरु भएको छ । 


प्रतिक्रिया