रेडियोलोजिष्ट विदामा बस्दा एक्स्रे सेवा बन्द

माघ १०, २०७९ | राजविराज

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका रेडियोलोजिष्ट विदामा बस्दा एक्स्रे सेवा बन्द भएको छ ।

एक्स्रे सेवा संचालन गर्ने रेडियो लोजिष्ट आशिषकुमार सिंह पछिल्लो चार दिनयता बिदामा बसेपछि सेवा अवरुद्ध भएको हो । सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीहरु अन्यन्त्र गएर महंगो शुल्क तिर्न बाध्य छन् ।

अस्पतालका मेडिकल सुपरि टेन्डेन्ट डा. प्रकाश साहका अनुसार अस्पतालमा सिंह मात्र एकजना रेडियोलोजिष्ट कार्यरत छन् । उनी आगामी शुक्रबार सम्म बिदामा रहेकाले सेवा प्रवाहमा समस्या रहने अस्पतालले जनाएको छ ।

अस्पतालमा भिडियो एक्सरे गर्ने प्राविधिकको दरबन्दी खाली रहेपनि पूर्ति नहुँदा विरामीले सास्ती भोग्नु परेको छ ।

छात्रवृति करारमा रहेका सिंह आगामी शुक्रवार सम्मका लागि विदामा रहेको मेसु डा. साहले बताउनुभयो । 


प्रतिक्रिया