योजना तर्जुमाका लागि समन्वय गर्न मुख्यमन्त्रीलाई ज्ञापन

फाल्गुन ७, २०७९ | धनुषा

मधेश प्रदेशको स्थानीय तहले प्रदेश सरकारले समन्वय गरेर योजना र बजेट बनाउन आग्रह गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्लाहीको चन्द्रनगर गाउपालिकाका मेयर राजकुमार महतोले ज्ञापन पत्र बुझाउँदै गाउँपालिका क्षेत्रमा आयोजना कार्यान्वयन गर्दा गाउँपालिकाको योजना संग दोहरोपन हुन सक्ने भन्दै समन्वय गरी बजेट विनियोजन गर्न आग्रह गर्नु भएको हो ।

प्रदेश सरकारले स्थानीय तहमा पठाएको योजना, बजेट गाउँपालिकाको योजनसंग मिल्दाजुल्दा भएको, प्राथमिकता विपरित भएको, गाउँपालिकाको मापदण्ड बमोजिम नभएको, योजनाको अभिलेखिकरण गर्न कठिनाई भइएको, आयोजना प्रारम्भ भई अधुरो अवस्थामा रहने र विभिन्न निकायबाट अभिलेख / सूचना माग गर्दा गाउँ कार्यपालिकाको कार्यालयमा अभिलेख उपलब्ध नहुने समस्या भएकोले समन्वयका लागि ज्ञापन बुझाएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो । 

अध्यक्ष महतोले बुझाएको ज्ञापन पत्रमा गुणस्तरको सुनिश्चितता गर्न कठिन हुने जटिल समस्याहरु हुन सक्ने भएकोले चन्द्रनगर गाउँपालिका क्षेत्रको विकासको लागि आयोजनाको छनौट, योजना तर्जुमा र बजेट विनियोजिन गर्दा गाउँपालिका संग समन्यका लागि आग्रह गरिएको हो । 


प्रतिक्रिया