बेलायतका मन्त्रीले लिईन् मन्त्री अरुण तेश्रोको प्रगतिकाबारे जानकारी

फाल्गुन २५, २०७९

बेलायतका एशिया प्रशान्त क्षेत्रका मन्त्री ऐनी भारी ट्रेभल्यानले संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका प्रगतिका बारेमा जानकारी लिनु भएको छ । 

आज बिहान हेलिकप्टरबाट पावरहाउस र ड्यामसाईड पुगेकी उहाँलाई भारतीय कम्पनी सतलजका सिईओ अरुण धिमानले हालसम्मको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । 

अरुण तेश्रो आयोजना निर्माणको काम करिव ६५ प्रतिशत भइसकेको छ । उहाँले पावरहाउस र ड्यामसाईडमा निर्माण भइरहेको सुरुङको अवलोकन गर्नुभयो अरुण तेश्रो आयोजना २०२३ को अन्त्यमा सक्ने योजना भारतिय सतलज कम्पनीको छ । 


प्रतिक्रिया