चरेशसहित १ जना पक्राउ

चैत्र १४, २०७९ | पर्सा

पर्साको कालिकामाई गाउपालिकास्थित एक घरबाट ९ किलो चरेश बरामद गरेको छ । प्रहरीले कालिमाई गाउपालिका–१ तिनडुबियाका ३८ बर्षिय बृजेश प्रसाद कुर्मीको घरबाट ९ किलो ८ सय ग्राम चरेश बरामद गरेको हो ।

कुर्मीले घरमा चरेश लुकाई राखेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको टोलीले खानतलाशी पछि सो चरेश बरामद गरेको हो । 


प्रतिक्रिया