गण्डकीमा सरकार गठनका लागि आहृवान
वैशाख १२, २०८० | पोखरा
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न तीन दिनभित्र बहुमतसहित दाबी पेस गर्न आह्वान गर्नुभएको हो । एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट छ । कंग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने गरी मुख्यमन्त्रीमा दावी गर्ने तयारी गरेका छन् ।