गण्डकीका मुख्यमन्त्री पाण्डेलेलाई विश्वासको मत
वैशाख २१, २०८० | कास्की
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतको लागि पेश गर्नु भएको प्रस्तावको पक्षमा ३५ मत पर्यो ।
मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एक जना स्वतन्त्र सांसदले मत दिएका थिए । गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसदको समर्थन भए पुग्छ । विपक्षमा एमालेको २२ र तटस्थ राप्रपाको २ मत रहेको छ । प्रदेश सभामा ५९ जना सांसदको उपस्थिति थियो ।
बैठकमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री पाण्डेले बहुमतले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो । माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा पाण्डे गत बिहीबार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम पाण्डेले विश्वासको मत माग्नु भएको हो ।
पाण्डेले विश्वासको मत लिएपछि गण्डकीमा मन्त्रिपरिषद् बिस्तार गरिने उहाँको सचिवालयले जनाएको छ । पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि तीन सदस्यीय मन्त्रिपरिषद् बिस्तार गर्नु भएको थियो ।
सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनको केन्द्रीय बैठकले नै मन्त्रालयको टुंगो लगाउने स्रोतले जनाएको छ ।