मातृभाषाको पाठ्यक्रम लागु गर्न लिपी बाधक

जेष्ठ ४, २०८०

मातृभाषाको पाठ्यक्रम लागु गर्न लिपी बाधक देखिएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संविधानमा व्यवस्था भए अनूरुप विभिन्न स्थानीय तहले मातृभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्ने तयारी गरेपनि लिपी बाधक रहेको बताउनुभयो । सबै मातृभाषाको लिपी नरहेकाले मातृभाषामा पाठ्यक्रम लागु गर्ने तयारी गरे पनि अन्त्यमा देवनागरी लिपीमा नै पाठ्यपुस्तक प्रकाशन गर्नु परेको बताउनुभयो ।

 बोलीचालीको भाषा देवनागरी लिपीमा विभिन्न भाषाको पाठयपुस्तक तयार पारेको उहाँको भनाई छ । केन्द्रका अनुसार हालसम्म २९ वटा भाषामा पाठ्यक्रम पाठ्यपुस्तक तयार भएको छ । कुनै पनि विद्यालयमा एउटै मात्र भाषाको बाहुल्य भएको विद्यार्थी नभएकाले मातृभाषाको पाठ्यक्रम, पाठ्यपुस्तक वितरण प्रभावकारी नभएको महानिर्देशक अर्यालले बताउनुभयो ।

बागलुङको नीसीखोला गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माणका संयोजक हेम बहादुर बुढामगरले खाम मगरको पाठ्यक्रम लागु गर्ने तयारी गरेको बताउनुभयो । तर लिपी नहुँदा देवनागरी लिपीमा नै खाम मगरको मातृभाषाको पाठ्यक्रम, पाठ्यपुस्तक लागु गर्ने आफुहरुको तयारी रहेको उहाँको भनाई छ । 


प्रतिक्रिया