सहमतिपछि वीपी प्रतिष्ठानका इन्टर्न ड्युटीमा फर्किए

भाद्र ६, २०८०

एकसातादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएर ड्युटीमा फर्केका छन् । इर्न्टनहरुले जीवन निर्वाह भत्ता वृद्धिलगायत माग राखेकामा वीपी प्रतिष्ठानका पदाधिकारी र व्यबस्थापन पक्षसंग भएको वार्तामा सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएर ड्यूटीमा फर्किएका हुन् । इन्टर्नहरु आन्दोलित भएपछि प्रतिष्ठानमा विरामी उपचार कार्य प्रभावित भएको थियो । 

 प्रतिष्ठानले आर्थिक बर्ष २०८०/०८१ को साउन महिनादेखि लागु हुने गरि इन्टर्न विद्यार्थीहरुलाई जीवन निर्वाह भत्ता मासिक २३ हजार रुपैयां उपलव्ध गराउने सहमति भएको कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले बताउनुभयो । दुई पक्षबीच भएको सहमतीअनुसार सिफारिस समितिले सिफारिस गरेअनुसार इन्टर्नसीप शुरु भएको पहिलो पााच महिनाको बांकी भुक्तानीको सम्बन्धमा आगामी कार्यकारिणी समितिको बैठकमा लैजाने, इन्टर्न विद्यार्थर्हीरुलाई आन्दोलन गरेकै कारण पुर्वाग्रही व्यवहार नगरिने र आन्दोलनको समय इन्टर्नहरुको हाजिरीमा पनि प्रतिष्ठानले कुनै बाधा उत्पन्न नगराउने सहमति भएको छ । 

 पदाधिकारीहरुसंग बसेको वार्ता फलदायी भएको र इन्टर्नको माग सम्बोधन भएकले आन्दोलन फिर्ता लिएको इन्टर्न संघर्ष समितिका संयोजक डा मोहम्मद अफ्रोज र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले बताएनुभयो । प्रतिष्ठानका इन्टर्न विद्यार्थर्हीरुले यसअघि मासिक रुपमा जीवन निर्वाह भत्ता १८ हजार ५ सय रुपैयां पाउंदै आएका थिए । 


प्रतिक्रिया