एक ढिक्का हुन भन्दै मोर्चा बनाउने मधेश केन्द्रीत दलको तयारी

माघ १७, २०८१ | काठमाडौं

मधेश केन्द्रीत प्रमुख दलहरुले मोर्चा बनाउने तयारीलाई तीव्रता दिएका छन् । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएसंगै एक ढिक्का हुने प्रयासमा उनीहरु मोर्चा बनाउने अभियानमा सक्रिय भएका हुन् । कार्यगत एकतासहित छुट्टाछुट्टै वार्ता समिति बनाएका दलहरुले आज मोर्चाको घोषणा गर्ने विषयमा छलफल गर्दैछन् । 

आजकोे बैठकमा ८ दलका प्रतिनिधिबीच मुद्दा अनुसारको सहकार्य, कार्यगत एकता वा मोर्चा बनाएर एक ठाउँमा उभिने उयायबारे छलफल हुने राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट कार्यदलका सदस्य केशव झाले जानकारी दिनुभयो । 

बैठकमा मोर्चासम्बन्धि दस्तावेज, संविधान संसोधनका विषय, संसदको हिउँदे अधिवेशनलगायत विषयमा छलफल हुने झाको भनाई छ । सत्तारुढ दलले संविधान संसोधन र निर्वाचन कानून परिमार्जन गर्न लागेको भन्दै मधेश केन्द्रीत दल एक ठाउँमा उभिने प्रयासमा जुटेका हुन् । 


प्रतिक्रिया