हिउँदे अधिवेशनमा अध्यादेशको विरोध गर्ने प्रतिपक्षी दलको तयारी
माघ १७, २०८१ | काठमाडौं
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको हिउँदे अधिवेशनमा विपक्षी दलहरुसँग भएको सहमतिका आधारमा प्रस्तुत हुने निर्णय गरेको छ । संसदमा पेश हुने अध्यादेशबारे छलफल गर्न र आवश्यक रणनीति बनाउन आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच, अर्को विपक्षी दल एकीकृत समाजवादीले संसदमा सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताउनुभयो ।
हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरी सरकारले अध्यादेशबाटै शासन गर्न खोजेको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन् ।