भुक्तानी नपाएको भन्दै विरोधमा रहेका व्यवसायिको आन्दोलन स्थगित

माघ १७, २०८१ | काठमाडौं

विभिन्न आयोजनाका बक्यौता रकम सरकारले भुक्तानी नगरेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको नेपाल निर्माण व्यवसायी महासंघले पूर्वनिर्धारित आन्दोलनको सबै कार्यक्रम स्थगित गरेको छ ।

 प्रधानमन्त्री केपी ओलीसँग भएको छलफल सकारात्मक भएको भन्दै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

 निर्माण क्षेत्रमा देखिएका समस्याबारे सरकार उदासीन रहेको भन्दै महासंघले केही दिन अघि १४ बुँदे माग सहित आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएको थियो । प्रधानमन्त्री ओलीसँगको छलफलमा आफूहरुको माग सम्बोधनकालागि सरकारले कार्यदल गठन गर्ने प्रतिवद्धता आएकाले आन्दोलन तत्काललाई रोकिएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

 कार्यदल गठन भएपछि समस्या समाधान आशावादी रहेको उहाँको भनाइ छ । 


प्रतिक्रिया