राहत शिक्षकले आन्दोलन सशक्त बनाउने
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2023/news/teacher-1695640035.jpg&w=700&height=600)
आश्विन ८, २०८० | काठमाडौं
राहत शिक्षक संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन सशक्त बनाउने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा असन्तुष्टी जनाउँदै अस्ति शनिबारदेखि सुरु गरेको आन्दोलन सशक्त ढंगले अघि बढाउने राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईले बताउनुभयो ।
राहत शिक्षकको आन्दोलनमा बाल विकास शिक्षकहरुले पनि साथ दिएका छन् । राहत शिक्षकले आन्तरिक प्रतिष्पर्धामा भाग लिन पाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका छन् भने बाल विकास शिक्षकले बाल विकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने बाल विकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज पनि उनीहरुले काठमाण्डौंको माइतीघर मण्डलामा प्रदर्शन गरीरहेका छन् ।