८ बर्षपछि छुट मुआव्जा वितरण

माघ २९, २०८१ | काठमाडौं

संखुवासभामा निर्माणाधिन ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत आयोजनाबाट प्रभावित भएका परिवारमध्ये यसअघि मुआब्जा नपाएकालाई मुआव्जा दिन शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि छुट भएका परिवारलाई मुआव्जा बितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काका अनुसार एकै दिनमा ४ करोड ६८ लाख लाभग्राहीको खातामा मुआव्जा रकम बितरण गरिएको छ । 

त्यस्तै ११ लाभग्राहीको बैक खातामा रकम जम्मा गरिएको उहाँले बताउनुभयो । मुआव्जा वितरणका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभाले डेक्स स्थापना गरेर एक सातादेखि लाभग्राहीको नामावली संकलन सुरु गरेको थियो । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको काम झण्डै ८० प्रतिशत सम्पन्न भएपछि करिब ४ सय परिवारले मुआव्जा पाउने भएका हुन् ।

५ बर्ष यता उनीहरुले मुआव्जाका लागि आन्दोलन गरिरहेका थिए । सर्वाेच्च अदालतले आयोजना प्रभावितलाई एकमहिनाभित्र मुआब्जाको भुक्तानी दिनुपर्ने परमादेश जारी गरेपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले उनीहरुलाई रकम दिन थालेको हो । 


प्रतिक्रिया