ग्यास सिलिन्डर विस्फोटका घाइते २ जनाको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/gas-1739285551.jpg&w=700&height=600)
माघ २९, २०८१
काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ६ दिनअघि ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचाररत मकवानपुरका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको गएराति मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहोराले बताउनुभयो ।
प्रहरीका अनुसार ९ जनाको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कमलपोखरीस्थित शानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । यसैबीच, दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी ६४ वर्षीया इश्वरी वलीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
माघ २१ गते बिहान खाना पकाउने क्रममा कपडामा आगो सल्किएर वली घाइते भएकी थिइन् ।