नेकपा एमाले कर्णाली र कोशीको मतगणना हुंदै

आश्विन १५, २०८०
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतगणना सुरु हुंदैछ । हिजो बेलुकी मतदान सम्पन्न भएसागै अहिले केही बेरपछि मतगणना सुरु हुने भएको छ । ६ सय १६ जना प्रतिनिधिमध्ये अधिवेशनमा ६ सय ९ मत खसेको छ । ७ जना भने अनुपस्थित भएका छन् । प्रदेश कमिटी अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाई र लालबहादुर महतरा प्रतिस्पर्धामा छन् । सचिवमा रुद्रबहादुर शाही र धु्रबबहादुर शाही प्रतिस्पर्धामा छन् । अधिवेशनबाट ५ पदाधिकारी सहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्ने निर्वाचन कमिटीले जनाएको छ ।
यसैबीच, कोशी प्रदेश कमिटीको आजै मतगणना सुरु गरिने भएको छ । मतदान आज बिहान सम्पन्न भएसंगै अपरान्ह २ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङ सहित ७३ जना निर्विरोध निर्वाचित भएका छन् । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बााकी छ । सचिवमा राजकुमार भण्डारी र शैलेस लामा, उपसचिवमा देउमान राई, उपसचिवमा जलवर्षा राजवंशी र खेम नेपाली प्रतिस्पर्धामा छन् ।
यस्तै, गण्डकी प्रदेशको अधिवेशन आजबाट सुरु हुादैछ । उद्घाटन सत्र पोखराको अमरसिंह चौरमा हुने र बेलुकी पोखरा सभागृहमा बन्दसत्र सुरु हुने एमालेले जनाएको छ । बन्द सत्रमा ११ जिल्ला र जनसंगठनबाट चुनिएका ९ सय ७ प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।