प्रतिक्रियावादी शक्तिले घेराबन्दी गर्ने र भ्रम छर्ने काम गरेः माओवादी अध्यक्ष दाहाल

वैशाख २७, २०८२ | काठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिक्रियावादी शक्तिले घेराबन्दी गर्ने र भ्रम छरेको आरोप लगाएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी, अवसरवादी शक्तिले आफूहरुको विरद्धमा भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको हो । विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रीत गरेर अघि बढिरहेको समयमा समग्र पार्टी र नेतृत्वमागि भ्रम फैलाइएको उहाँले बताउनुभयो ।

समाजवादको बाटो तयार गर्न अविचलित हुनुपर्ने बताउँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्शतर्फ अघि बढाउने तयारी भएको उल्लेख गर्नुभयो । यस्तै, आजै पाँचथरमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले वर्तमान सरकार शक्तिहिन भइसकेको आरोप लगाउनुभयो २०६४ सालमा जनताले विश्वास गरेर माओबादीलाई बहुमत दिएको भन्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा रहेको पार्टिले इतिहासका कालखण्डमा गरेका त्रुटीका कारण पुनः जनताको विश्वास गुमाएको स्विकार गर्नुभयो । 


प्रतिक्रिया