उपत्यका विकास प्राधिकरणका इन्जिनियर कुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वैशाख २८, २०८२
काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर कुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित दिव्यश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत सव–इन्जिनियर पौडेल विरुद्ध गैरकानुनी रुपमा पदको दुरुपयोग गरि सम्पत्ती आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०५१ बैशाख ९ देखि सरकारी सेवामा प्रवेश गरेका पौडेलले २०८० असार ३१ गतेसम्मको अवधिमा गरेको आम्दानी र खर्चको स्रोत नदेखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार पौडेलले सरकारी सेवा सुरु गरेको ३० वर्षको अवधिमा २ करोड ५८ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेपनि विभिन्न क्षेत्रमा गरि ६ करोड २२ लाख १८ हजार रुपैयाँ लगानी गरेको देखिएको छ ।
आम्दानी र लगानीबीच अन्तर देखिएको ३ करोड ६३ लाख २१ हजार रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।