जेठ १५ को आन्दोलनकालागि उपत्यका बाहिरबाट आन्दोलनकारी ल्याउने राप्रपाको तयारी

वैशाख २८, २०८२ | काठमाडौं
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको जेठ १५ गतेको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने भएको छ ।
समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले काठमाडौं बाहिरका सर्वसाधारणलाई आन्दोलनका लागि आह्वान गर्ने निर्णय गरेको राप्रपाका नेता मोहन श्रेष्ठले बताउनुभयो । त्यस्तै संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यप्रति आस्था राख्ने प्रवुद्ध व्यक्तिहरूको भेला जेठ ६ गते गर्ने बैठकले निर्णय गरेको छ ।
काठमाडौँ उपत्यका जनजागरण यात्रा तथा वृहत् युवा स्वयंसेवक भेला लगायत कार्यक्रम गरिने समितिले जनाएको छ । यसैबीच शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । तीनकुने घटनामा सहभागी भएका बस्नेतलाई प्रहरीले आज पक्राउ गरेको हो ।