नेपालगन्जमा निषेधाज्ञा र कर्फ्यु हट्यो

आश्विन २३, २०८० | बाँके

बाँकेको नेपालगञ्जमा एक हप्तादेखी स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा हटाएको छ । जनजीवन सामान्य बन्दै गएपछि आजदेखी पुर्ण रुपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी टोपबहादुर केसीले बताउनुभयो ।

सामाजिक सञ्जालको बिषयलाई लिएर नेपालगञ्जमा सद्भाव विरोधी गतिविधि बढेकाले स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो । त्यसपछि रातिमा कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । 


प्रतिक्रिया