किर्ते गरि जागिर लगाइदिने एक जना पक्राउ

मंसिर २३, २०८० | नेपालगञ्ज

किर्ते गरेर राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाएको आरोपमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२२ नहरपुर्वाका फहद खाँ छन् । खाँले सो उपमहानगरपालिका–१७ का प्रदीप बर्मासँग २६ हजार रुपैयाँ लिएर किर्ते गरि नियुक्ति समेत दिएको पाइएको प्रहरीले जनाएको छ । 

जागीर लगाइदिएपनि मासिक तलब नआएपछि प्रहरीमा परेको उजुरीमाथि अनुसन्धानका क्रममा खाँ पक्राउ परेका हुन् । 


प्रतिक्रिया