बाँकेमा सरकारी अनुदानको मल दुरुपयोग

माघ १२, २०८० | नेपालगन्ज

बाँकेमा सरकारद्वारा अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । नरैनापुर स्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर–५ मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकरी लाल बहादुर गुरुङ्गको नेतृत्वमा बाणिज्य, कृषि ज्ञान केन्द्र , कृषि सामग्री कम्पनिका प्रमुख समेतको सहभागितामा खटीएको टोलिले अनुगमन गरेको थियो ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनिबाट गत माघ ९ गते २ सय बोरा सरकारबाट अनुदानित युरिया मल मध्ये सहकारिको गोदाममा ६४ बोरा युरिया मल फेला परेको छ ।

सहकारी मार्फत तोकिएको क्षेत्रका किसानले पाए नपाएको सुनिस्चित गर्न प्रभावकारी रुपमा अनुगमन गर्न स्थानीय तहलाई अनुरोध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।  


प्रतिक्रिया