रौतहटमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/third-party/buss-1706338333.jpg&w=700&height=600)
माघ १३, २०८० | रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित जगत पेट्रोल पम्प नजिकै बसको ठक्करबाट शनिबार एक पैदल यात्रीको मृत्यु भएको छ ।
बसको ठक्करबाट चन्द्रपुर–५ का ५५ वर्षीय मोधनाथ पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सर्लाहीबाट नारायणघाट तर्फ जाँदै गरेको बा ३ ख ३४४५ नम्बरको बसले पैदल यात्री पौडेललाई ठक्कर दिएको थियो ।
घाइते पौडेललाई चन्द्रपुरस्थित सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक चन्द्रपुर–४ निवासी ३६ वर्षीय विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।