स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित रौतहटबाट एक पक्राउ

वैशाख १, २०८१ | रौतहट

रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको रकमसहित प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । 

स्रोत नखुलेको ११ लाख १५ हजार ७ सय रुपैयाँ सहित गौर नगरपालिका–१ का ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो । 

गौर बजारस्थित शिवालय मन्दिरको बाटो हुँदै साइकलमा आउँदै गरेका जैसवाललाई शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट ११ लाख १५ हजार ७ सय रुपैयाँ बरामद भएको थियो । 

पक्राउ परेका जैसवालको साथबाट १ हजारको नोट ११ सय थान, ५ सयको नोट ३० थान र १ सयको नोट ७ थान बरामद भएको प्रहरीले जनाएको छ । 

जैसवाललाई कारवाहीको लागि गौरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । 


प्रतिक्रिया