इटहरीमा एकै प्रकारको पोशाक लागू गर्न निजी तथा आवासीय विद्यालयको अस्विकार

वैशाख ९, २०८१ | सुनसरी

सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरभरिका सबै विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय गरेपनि कार्यान्वयनमा भने चुनौती देखिएको छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन, एनप्याब्सन तथा हिसानको निर्देशनमा विद्यालयहरुले उपमहानगरको निर्णय कार्यान्वयन नगर्ने बताएका छन् ।

उपमहानगरको सो निर्णय विरुद्ध प्याब्सनले उच्च अदालत विराटनगरमा दायर गरेको रिट उपर सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नहुने आदेश दिएको थियो ।

अदालतमा मुद्धा चलिरहेको अवस्थामा संस्थागत विद्यालयले सर्कुलर गर्दै एकै प्रकारको पोषाक लागू नगर्न विद्यालयहरूलाई परिपत्र गरेका छन् ।

इटहरी नगरक्षेत्रमा १ सय ७० वटा विद्यालयमा ३६ वटा सामुदायिक र बाँकी संस्थागत विद्यालय छन् । 


प्रतिक्रिया