टी २० आई त्रिकोणात्मक सिरिजमा नेपालको लगातार चौंथो हार
माघ २२, २०८१ | काठमाडौं
नेपाल त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौथौ खेलमा पसिन पराजित भएको छ ।
आज भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।
यसअघि नेपालले नेदरल्यान्ड्सका दुवै खेल तथा थाइल्यान्डविरुद्धको पहिलो खेल गुमाएको थियो ।
सिरिजमा लगातार चौंथो जित हात पारेको थाइल्याण्ड उपाधि होडमा बलिायो देखिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय १ रन मात्र जोड्न सक्यो ।
नेपालकी कविता जोशीले २४, रोमा थापा १९ तथा पूजा महतोले १८ रन जोडिन् ।
थाइल्याण्डकी थिपाथ्चा पुथ्थावाङले ४ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १ सय ६ रन बनएको थियो ।
थाइल्यान्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा पूथावोङले अविजित २५ रन बनाए ।
नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।
अब सिरिजमा नेपालले भोलि नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।