गर्मी बढेपछि नेपालगञ्जका विद्यालय असार ७ सम्म बन्द रहने

जेष्ठ १९, २०८१ | नेपालगञ्ज

अत्यधीक गर्मी बढेपछि नेपालगञ्जमा विद्यालय बिदाको समय थप गरीएको छ ।

यहि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर ७ पुर्याइएको हो ।

विद्यालयको शैक्षिक क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत समेटेर नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो ।

अहिले नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस बढि पुगेको छ ।

  


प्रतिक्रिया