विश्व बैंकबाट ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

असार १०, २०८१ | काठमाडौं

सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले विश्व बैंकबाट सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा भूकम्पपछि पुननिर्माण र पुर्नस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८ दशमलव १ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको जानकारी दिनुभयो ।

त्यस्तै असार २७ गतेदेखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलन सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

यसैबीच सरकारले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल तथा रिक्त दुई सदस्यमा डा. मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई सरकारले नियुक्त गरेको छ । यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।   


प्रतिक्रिया