१३ करोड ठगी मुद्धामा ६ जना पक्राउ

असार ११, २०८१

कलंकी ट्रेड सेन्टरका सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी १३ करोड बराबरको रकम लिई ठगी गरेको अभियोगमा प्रहरीले नरेन्द्र बज्राचार्य सहित ६ जना व्यक्तिलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी नवराज अधिकारीले कलंकी डेभल्पर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष बज्राचार्य समेतले विभिन्न व्यक्तिलाई सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रुपैंया ठगी गरेको उजुरी परेको बताउनुभयो । 

त्यसैको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट सो ठगीबारे थप अनुसन्धान भइरहेको छ । 


प्रतिक्रिया