राजदूत नियुक्तिको सिफारिसको कमजोरीलाई सच्याइन्छः प्रधानमन्त्री दाहाल

असार ११, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्तिको सिफारिसमा भएको कमजोरीलाई सच्याइने बताउनुभएको छ । गत केही दिन अघि सरकारले राजदूत नियुक्तीको छनोटको विषयमा चर्को आलोचना भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१ ÷८२ का लागि परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेट माथि उठेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले राजदूत नियुक्ति सिफारिस सच्याइने बताउनुभएको हो । 

 उहाँले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको बताउनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौताहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढ्ने समझदारी भएको बताउनुभएको छ । उहाँले नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा १९५० को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षीय सन्धि सम्झौतालाई परिमार्जन र अद्यावधिक गर्ने समझदारी भएको उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया