चट्याङ लागेर कैलालीमा २ जनाको मृत्यु, ६ घाईते

असार १२, २०८१ | धनगढी

चट्याङ लागेर कैलालीमा दुुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ भित्रिया गाउँका ३१ वर्षीय जयराम डगौराको मृत्युु भएको हो । 

घर नजिक रहेको खेतमा रोपाईँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डगौराको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाईते भएका धनगढीका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताउनुभयो ।

प्रहरीका अनुसार घाईते जानकी गाउँपालिका–४ बेलपुरकी रिता कठरिया, सुष्मा डगौरा, भजनी नगरपालिका–६ का राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनकी सरस्वती भुल, वडा नम्बर–७ की पारु कठायत खिमाको स्थानीय विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 


प्रतिक्रिया