रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/miscellaneous/bussaccident-1719640253.jpg&w=700&height=600)
असार १५, २०८१ | रौतहट
रौतहटको गौरमा शनिबार बिहान यात्रुबस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले जानकारी दिनुभयो ।
गौरबाट भैरहवातर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा दुर्घटना भएको थियो ।
घाइतेलाई प्रहरीले स्थानीय अस्पतालमा उपचारको लागि पठाएको छ । बस चालक फरार रहेको र उनको खोजी भईरहेको डीएसपी गिरीले जानकारी दिनुभयो ।