दाउन्नेमा सडक भासियो, मर्मत गर्न दिउँसो २ बजेसम्म बन्द

श्रावण २९, २०८१ | नवलपरासी पूर्व

नवलपरासी पूर्वको दाउन्नेमा भासिएको सडकको मर्मत थालिएको छ । सो सडक मर्मतका लागि दिउँसो २ बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

सडक साँघुरो भएको र मर्मतको समयमा सवारी आवागमन प्रभावित हुने भएकाले बिहान ८ देखि दिउँसो २ बजेसम्म यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताउनुभयो । 

सडक मर्मत भईरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक काममा यो सडकमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सयौैं सवारी साधन बाटो मै रोकिएका छन् । अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा यस वर्ष फेरि भासिएको हो । 

सडक भासिएका कारण यातायात एकतर्फी रुपमा मात्र सञ्चालन गरिएको छ । सोही कारण यात्रुले घण्टौंसम्म जाममा बस्नुपर्ने अवस्था छ । बुटवल–नारायणगढ सडक विस्तारको क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर छ । 

त्यहीँमाथि सडक भासिदा पश्चिमबाट काठमाडौंका, पूर्व क्षेत्रमा चल्ने सवारी र यात्रु लामो जाममा बस्नु परेको छ । पूर्वबाट पश्चिम क्षेत्रमा जाने सवारी पनि दुम्किबास क्षेत्रमा रोकिएका छन् । 


प्रतिक्रिया