एमालेसँग सत्ता साझेदारीमा समस्या उत्पन्न भए मिलेर समाधान गछौंः काँग्रेस सभापति देउवा
भाद्र १९, २०८१
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले काँग्रेस र एमाले प्रतिस्पर्धी दल भएपनि वर्तमान व्यवस्थालाई सृदृढ गर्ने सवालमा अहिले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
दुई दल एउटै सरकारमा हुँदा समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्नु आफूहरुको जिम्मेवारी भएको देउवाको भनाइ छ ।
अर्को प्रसंगमा काँग्रेस सभापति देउवाले जुन दलको सत्तामा भएपनि कर्मचारीले सरकारको निर्णय मानेर काम गर्नुपर्ने बताउनुभयो ।
सरकारको निर्णय मान्नु कर्मचारीको कर्तव्य भएको उहाँको भनाइ थियो ।