गोरखा र चितवन जोड्ने बेलिब्रिज सञ्चालन

भाद्र २०, २०८१ | गेरखा

चितवन र गोरखालाई जोड्ने गरि त्रिशुली नदिमा निमार्ण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ ।

 चितवनको ईच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ वुट्टार जोड्न त्रिशुली नदिमा निमार्ण गरिएको सो बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीना र चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

 त्रिशुली नदीमा १ सय मेगावाटको सुपर त्रिशुली जलविद्युत अयोजना निर्माण गरिरहेको ब्लू इनर्जी कम्पनीले १६ करोड १४ लाखको लागतमा बेलिब्रिज निर्माण गरेको हो । एक सय १६ मिटर लम्बाईको सो पुलमा एक पटकमा २० टन भारवहन क्षमता रहेको बताइएको छ । 

जलविद्युत अयोजना निर्माणका सामग्री ढुवानी गर्न सो स्थानमा बेलिब्रिज बनाइएको ब्लू इनर्जी लिमिटेडका निर्देशक निरन्जन कुमार रेग्मीले जानकारी दिनुभयो । 


प्रतिक्रिया